दफा १८
समन्वय समिति
(१) प्रहरी कर्मचारी समायोजन सम्बन्धमा समन्वय तथा अनुगमन गर्ने र आवश्यकता अनुसार निर्देशन दिने प्रयोजनको लागि देहाय बमोजिमको एक समन्वय समिति रहनेछः-
(क) नेपाल सरकारको गृहमन्त्री - संयोजक
(ख) सम्बन्धित प्रदेशको आन्तरिक मामिला सम्बन्धी विषय हेर्ने मन्त्री - सदस्य
(ग) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव - सदस्य
(घ) मन्त्रालयको सचिव - सदस्य
(ङ) नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव - सदस्य
(च) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समन्वय समितिको बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(३) उपदफा (१) बमोजिमको समन्वय समितिले आफ्नो कार्यविधि आफैं व्यवस्थित गर्नेछ।